ट्राफिक प्रहरी वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न


काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र वजारका सम्यन्त्रहरु, लगानी गर्ने तरीका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तिय कारोवारका बारेमा समेत जानकारी गराइएको थियो ।

वक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो वचतबाट नै सुरक्षित लगानी शुरु गर्न सकिने बताए ।

बचतका साथै लगानी गर्ने बानी बसालौं र समृद्ध भविश्य निर्माण गरौं भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको यस कार्यक्रमले हरेक सहभागिहरुमा लगानी गर्ने बानी प्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरिएको थियो ।

समारोहमा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरु, आयोजक संस्थाका पदाधिकारी तथा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।