रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न


काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबार देखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरहरूलाई उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यवसायिक वृद्धिमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा प्रा.डा. भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीको स्वास्थ्य, जीवन तथा पेशागत विकासमा टेवा दिने उत्प्रेरणामूलक विशेष प्रस्तुति समेत रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ताहरू नै भएको उल्लेख गर्दै निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको उच्च प्रशंसा गरे । उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे ।

कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा समेत छलफल गरिएको थियो । साथै, सहभागी अभिकर्ताहरूबीच अनुभव आदान–प्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा व्यवसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बीमा क्षेत्रको समग्र विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।