१०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ


काठमाडौँ । पर्सा जिल्ला प्रहरीले १०५ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय पेर्टवा सुगौली र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत वेतीय जिल्ला भांगाहा श्रीनगर ३ का सउरु चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका पसौका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लाका अनुसार सडक छेउको बारीमा शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेको अपरिचित व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त परिमाणमा गाँजा भेटिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।