काठमाडौँ । लगातार तीन कारोबार दिन घटेको नेप्से आज मंगलबार सामान्य अंकले सुधार आएको छ । आज नेप्से ०.७९ अंकले घटेर २६४१.८५ विन्दुमा कायम भएको छ ।
आज १३३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको छ भने २० कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।
मंगलबार ९५ लाख ३४ हजार २२१ कित्ता सेयरहरु ५२ हजार ७३ पटकमा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
मंगलबार अपर लोहोरे खोला हाइड्रोको सेयर मूल्य करिब १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, आरबिबिएल डेभेन्चर ५.९२ प्रतिशतले र लक्ष्मी उन्नती कोष ५.२७ प्रतिशतले बढेको छ । यता, महिला लघुवित्तको सेयर मूल्य १४.९१ प्रतिशतले घटेको छ । त्यस्तै, प्राइम डेभेन्चर ४.१७ प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट बैंक ३.९५ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हाइड्रोपावरको आज ४४ करोड ८७ लाख ६० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३३ करोड ६७ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार हुँदा ङादी ग्रुप पावरको १७ करोड ८६ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।











प्रतिक्रिया