उद्यमीमा जायज माग सम्बोधन गरिन्छ : अर्थमन्त्री


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताएका हुन ।

आर्थिक वर्ष २०७८/७८ को बजेटबारे युवा उद्यमीसँग सुझाव लिन आज आयोजित छलफलमा उहाँले युवा उद्यमीका सम्भव र जायज मागलाई सम्बोधन गर्न आफूले प्रयास गर्ने बताए । उनले बजेट निर्माणमा भएकाले कुन सम्भव र कुन जायज हुन् भन्नेबारे आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै उनले युवा उद्यमीको पक्षमा सरकार रहेको स्पष्ट पारे ।

अर्थमन्त्रीले औसतरूपमा अगाडि बढेर मात्रै नहुनेमा आफू स्पष्ट रहेको भन्दै कोरोनाले पारेको प्रभाव र त्यसबाट पाएको शिक्षाका आधारमा नयाँ ढङ्गले नै बजेट निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । अर्थतन्त्रको पुनःउत्थान गर्न केही नीतिगत सुधार जरुरी रहेको उहाँको भनाइ छ । युवा उद्यमीले स्टार्टअप नीति, विद्युत्को डिमाण्ड शुल्क तथा भन्सारमा न्यून विजकीकरणलगायत विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए । उनीहरूले युवा उद्यमीलाई प्रोत्साहन गर्ने बजेट जरुरी रहेको भन्दै सरकारले आफूहरूको सुझावलाई आत्मसात गर्ने विश्वास व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।