आरम्भ चौतारी लघुवित्तको मर्जरपछि सबैजसो सूचाङ्क मजबुत

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) को सबैजसो तथ्याङ्क मर्जरपछि मजबुत देखिएको छ ।

मर्जरको सिनर्जीले लघुवित्तको वित्तीय क्षेत्र तथा पहुँच विस्तारले व्यवसाय वृद्धि हुँदा त्यसको सकारात्मक असर वित्तीय सूचाङ्कमा परेको हो ।

चैत मसान्तसम्मा लघुवित्तले ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा माएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १९१ प्रतिशतले धेरै हो । गत चैतसम्म लघुवित्तले २ करोड ६८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३६.४२ रुपैयाँ छ । जगेडा कोषमा १२ करोड ४२ लाख रुपैयाँ सञ्चिति कायम हुँदा प्रतिशेयर नेटवर्थ १४३.१३ रुपैयाँ पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ३.६५ प्रतिशत र मूल्य आम्दानी अनुपात ४५.५७ गुणा छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब १७ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ९० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा १२ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

२०७७ असार २२ गतेदेखि आरम्भ लघुवित्त र चौतारी लघुवित्तले एक आपसमा मर्जर सम्पन्न भई एकीकृत कारोबार थालेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।