राष्ट्र उत्थान लघुवित्तको चैतसम्मको नाफा सवा ३ करोड धेरै

0
Shares

राष्ट्र उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आजन गरेको छ ।

गत आवको यसै अवधिमा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले २३८ प्रतिशतले नाफा बढाएको हो ।

यस अवधिमा लघुवित्तले ६७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ७१ करोड २७ लाख सापटीबाट २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चैत मसान्तसम्म् लघुवित्तले १२ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी र ५ करोड ६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३३ प्रतिशत रहेको छ।

विसं २०७५ फागुन ८ गतेबाट वित्तीय कारोबारको सुरुवात गरेको लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २४.८७ रुपैयाँ छ । यस्तै जगेडा कोषमा १० करोड ३८ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १५९.३७ रुपैयाँ छ ।

कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।