काठमाडौँ । हुन्डाईले दुई नयाँ गाडी सार्वजनिक गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको ’नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा हुन्डाईले दुई नयाँ मोडल सार्वजनिक गरेको हो ।
नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मेड–इन नेपाल भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको हो ।
एक्स्पोको मुख्य आकर्षण नेपालमै एसेम्बल गरिएको नयाँ जेनेरेसनको हुन्डाई ‘भेन्यु’ हो । यस प्रिमियम स्पोर्टियर मोडलमा नयाँ डिजाइनको स्टेरिङ ह्विल, ठुलो टचस्क्रिन र उत्कृष्ट कम्फर्ट सुविधाहरू रहेका छन् ।
यसमा ट्विन हर्न, एलइडी डिआरएलएस, होराइजन एलइडी रियर ल्याम्प र ६ वटा एयरब्याग छन् । कम्पनीका अनुसार यो १.२ लिटर र एक लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछन् ।
त्यसैगरी, भेन्यु एन लाइनमा यसमा एन–ब्रान्डेड सिट, अलोई ह्विल, सिग्नेचर रेड हाइलाइट्ससहित बोडी कलर क्लेडिङ तथा विशिष्ट एन लाइन स्टाइलिङ इलिमेन्ट रहेका छन् ।
प्रिमियम तथा ठुलो आकारको विद्युतीय गाडी खोज्ने ग्राहकका लागि हालै बजारमा आएको ७–सिटर्स ईभी एसयूभी ‘आयोनिक ९’ हुन्डाईको सदाबहार लोकप्रिय मोडल ‘क्रेटा’ लाई पनि प्रदर्शनीमा राखेको छ ।
एक्स्पोमा आउने ग्राहकहरूलाई तत्कालै आवश्यक वित्तीय सुविधा उपलब्ध गराउन विभिन्न बैंकहरूसँग सहकार्य गरी सहज फाइनान्स सेवा समेत उपलब्ध गराइएको छ । यी दुवै गाडीको लम्बाइ ३.९ मिटर, चौडाइ १.८ मिटर, उचाइ १.६ मिटर र ह्विलबेस २.५ मिटर छ । दुवै गाडीको ग्राउन्ड क्लियरेन्स पनि १९० मिलिमिटर छ । ग्राउन्ड क्लियरेन्स भनेको गाडीको तल्लो भाग र सडकबीचको दूरी हो ।
कम्पनीका अनुसार मेड इन नेपालको सुरुवाती मूल्य ४८ लाख ९६ हजार तोकिएको छ भने भेन्यू एन लाइको ६७ लाख ९६ लाख तोकिएको छ । यी दुवै नेपालभरका हुन्डाई सोरुमा उपलब्ध हुने कम्पनीको भनाइ छ । २६ सुरु भएको एक्स्पो देखि ३१ साउनसम्म चल्ने छ । एक्स्पोमा सवारी साधनसम्बन्धी ५६ बढी स्टल छन् जहाँ ४० कम्पनीले सहभागिता जनाएका छन् ।











प्रतिक्रिया