काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको अटो १, २ र ३ को फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक गरेको छ । मंगलबारदेखि स्ुरु नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बीवाईडीले एकैपटक तीन नयाँ मोडल सार्वजनिक गरेको हो ।
एट्टो १ ईभी डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः ३० लाख ७५ हजार र ३४ लाख ८० हजार रुपैयाँ पर्ने छ ।
कम्पनीले नाइमा एक्स्पो अवधिभर १ लाख रुपैयाँ छुट दिने बताएको छ । एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ । यसमा वायरलेस चार्जर र ३६० क्यामेरा राखिएको छ ।
अट्टो २ ईभी ४५ किलोवाट आवर ब्याट्री भएको बेस भेरियन्ट दिएको छ । जसले एकपटक पूर्ण चार्ज गर्दा डब्लूएलटीपी मापदण्डअनुसार ३१२ किलोमिटर रेन्ज दिन्छ ।
एट्टो २ एसेन्सियल र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी उपलब्ध हुने छन् । जसको मूल्य मूल्य क्रमशः ४५ लाख ९५ हजार रुपैयाँ र ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एट्टो ३ मा ५० वाटको अल्ट्रा–फास्ट वायरलेस स्मार्टफोन चार्जर उपलब्ध छ। त्यस्तै, ८.८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरमा आवश्यक जानकारी स्पष्ट रूपमा देखाउने व्यवस्था गरिएको छ।
चालक तथा अगाडिको यात्रु दुवैका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ। अडियो प्रणालीमा समेत सुधार गर्दै एट्टो ३ एडभान्स्ड र सुपेरियर दुवै भेरियन्टमा डिराक एचडी साउन्ड र आठवटा स्पिकरको व्यवस्था गरिएको छ।
बीवाईडी एट्टो ३ एडभान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलष्ध छ । एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । भने सुपेरियर मूल्य ७८ लाख रुपैया तोकिएको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया