रिलायबल समृद्धि योजनाको लाभांश घोषणा


काठमाडौँ । रिलायबल समृद्धि योजनाका इकाईधनीहरुले लाभांश घोषणा गरेका छन् । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले रिलायबल समृद्धि योजनाका इकाईधनीहरुलाई लाभांश तोकेको हो ।

क्यापिटलले योजनाका इकाईधनीहरुलाई ८।४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साउन २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।