माछापुच्छ्रे बैंकको बैंकिङ सेवा दुई दिन पूर्ण रुपमा बन्द रहने

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को बैशाख १७ गते शुक्रबार र १८ गते शनिबार सम्पूर्ण बैंकिङ सेवा पूर्ण रुपमा बन्द हुने भएको छ ।

बैंकले हाल कायम रहेको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गरि नयाँ राख्ने भएपछि सेवा बन्द गरिन लागिएको बैंकले जनाएको छ । बैशाख १६ गते बिहीबार साँझ र १९ गते आइतबार बिहान भने आंशिक रुपमा सेवा प्रभावित बन्नेछ । 

बैंकका अनुसार पूरानो सफ्वेयरमा रहेको तथ्याङ्क नयाँ सिस्टममा ट्रान्सफर गर्नका ( कोर बैंकिङ सिष्टम प्रतिस्थापन ) लागि बैशाख १६ गते बिहीबार बेलुका ६ बजेदेखि बैशाख १९ गते आइतबार बिहान ६ बजेसम्म सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गरिने बैंकले जनाएको छ ।

उक्त अवधिमा बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने जनाइएको छ । बैंकका ग्राहकहरुको हाल कायम रहेको खाता नम्बरबाटै साबिक बमोजिम कारोबार गर्न सकिने जनाएको छ ।

बैंकले सेवा बन्द रहने मितिमा आईपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न समेत आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।