काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर सम्बन्धि मुद्दामा फरार रहेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी ५ बस्ने ५७ वर्षका देव रमन डंगोल रहेका छन् ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइ फरार रहेका डंगोललाई ललितपुर महानगरपालिका ५ लगनखेलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका डंगोललाई थप अनुसन्धानको लागि उपत्यका प्रहरी परीसर भद्रकाली पाठएको कार्यालयले जनाएको छ ।






प्रतिक्रिया