काठमाडौँ । टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गरेको छ । जुन गाडि खरिद गर्दा एक जना भाग्यशाली विजेताले जोडीसहित इलिट एक्स्प्लोरर्स कन्याकुमारी ड्राइभमा भाग लिने अवसर पाउने छन् ।
यस्तै, एक्स्पो अवधिभर टोयोटाका गाडी बुकिङ गर्दा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । यो छुट केवल एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ ।
नाइमा एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा भाग लिन पाउनेछन् । कम्पनीले नयाँ हाइलक्स र नयाँ ¥याभ फोर हाइब्रिड इलेक्ट्रिक नाइमा एक्स्पोमा सार्वजनिक गरेको हो ।
यस्ता छन् सार्वजनिक गाडिको फिचर
टोयोटा हाइलक्समा १८ इन्चको अलोय ह्वील, मेटालिक सर्फेश, विंग मिरर, डोर ह्यान्डल, फ्रन्ट र रियरमा बम्पर, ग्रे ट्रिटमेन्ट लगायतको फिचर छ ।
टोयोटाले हाइलक्समा लेदर अपहोलस्टीक दिएको छ । ड्यासबोर्डमा ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एड्जस्टेवल ड्राइभर सिट, अटोमेटीक क्लामेट कन्ट्रोल, रियर एसी भेन्ट, ४.२ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, डिजिटल रेकर्ड र क्रुज कन्ट्रोल यसमा पाउन सकिन्छ ।
एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिंग लाइट, डाउन हिल एसिस्ट कन्ट्रोलका यसका साथ अन्य फिचर उपलब्ध छन् ।
यसमा रहेको २.८ लिटर क्षमताको इन्जिनले अधिकतम १७७ पीएस पावर र ४५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड अटोमेटीक गियरबक्स दिइएको छ । यसको मूल्य १ करोड ३५ लाख रुपैयाँ कायम गरिएको छ ।
नयाँ हाइलक्सको १ करोड ५५ लाख रुपैयाँ राखिएको छ। यस्तै र्याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ राखिएको छ । यसमा चालक सहित पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने हाइलक्समा २.८ लिटर क्षमताको इन्जिन रहेको छ ।
नयाँ ¥याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ ।
सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने ¥याभफोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ । जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १८ पीएसले बढी हो ।
सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ । नयाँ ¥याभफोर मोडलको मूल्य २ करोड १३ लाख रुपैयाँ छ भने हाइलक्सको १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।






प्रतिक्रिया