कुवेत पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला धनुषाधाम नगरपालिका घर भई काठमाडौँ महानगरपालिका ९ सिनामंगल बस्ने ४१ वर्षका राज कुमार महरा रहेको कार्यालयले जनाएको छ । कार्यालयलका वैदेशिक रोजगार न्यायधिकरण काठमाडौँबाट पक्राउ अनुमति प्राप्त भइ फरार रहेका महरालाई काठमाडौँ ९ बाट प्रक्राउ गरिएको हो ।

उनले वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै ६ लाख १४ हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  १३ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।