
रुरु जलविद्युत परियोजनाको गोलाप्रबाट शेयर पाएका ३७ हजार ९१६ आवेदकले आफ्नो हितग्राही खातामा शेयर पाएका छन् ।
जलविद्युत परियोजनाले धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण पश्चात सिडीएसले शेयर पाएका लगानीकर्ताको डिम्याट खातामा पठाएको हो ।
कम्पनीको शेयर रुरु सिम्बलमा शेयर डिम्याट खातामा जम्मा भएको छ । यसस्म्गै कम्पनीको शेयर नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट यहि कारोबार संकेतमा बिक्रीमा आउनेछ ।
कम्पनीले चैत्र २० गतेदेखि २४ गतेसम्म अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये २० हजार ३८५ कित्ता सामुहिक लगानी कोष र ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर ३ लाख ७९ हजार १६७ कित्ता शेयरसर्वसाधारणमा बिक्रीमा ल्याइएको थियो ।
आईपीओमा आवेदन गरेका ३७ हजार ९०९ जनाले १० कित्ता र ७ जनाले ११ कित्ताका दरले शेयर पाएका थिए । आइपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो जसमध्ये १५ लाख ९० हजार ८९६ आवेदकबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन सदर भएको थियो ।
कम्पनीले सन् २०१५ को मार्चदेखि हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि सञ्चालन गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया