गण्डकी तथा नारायणी क्षेत्रका एडीएम र सन इमर्जिङ क्लब अभिकर्ता सम्मानित


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ।

पोखरास्थित होटल निवासमा आयोजित सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख मार्केटिङ अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एडीएम तथा अभिकर्ताहरूको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अभिकर्ताहरू कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार रहेको उल्लेख गरे। उनले अभिकर्ताहरूको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, प्रमुख मार्केटिङ अधिकृत गणेश चौलागाईंले कम्पनीले अभिकर्ता तथा एडीएमलाई उपलब्ध गराउँदै आएका विभिन्न सेवा–सुविधा, एडीएमको भूमिका तथा सेवा–सुविधा र बिक्री नीति २०८३र८४ का प्रमुख विषयवस्तुका बारेमा जानकारी गराए । उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्ताहरूलाई आग्रह गरे।

कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप ऊर्जा, उत्साह र आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास तथा सम्मानलाई प्राथमिकतामा राख्दै बीमा सेवा विस्तार गर्ने जनाएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।