काठमाडौँ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुन तोलामा ४ हजार ७०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ४ हजार ७०० रुपैयाँले घटेर ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार एकैदिन सुन तोलामा ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार पुनः सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । मंगलबार एकैदिन सुन तोलामा ६ हजार ४०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार भने सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन सुन तोलामा ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै वृद्धि भएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा ८० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको हो ।
साताको पहिलो आइतबार चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।






प्रतिक्रिया