‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’


काठमाडौँ । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ ।

ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो ।

“बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ”, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले अहिले ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा केन्द्रित हुन सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।