काठमाडौं उपत्यकाका स्थानीय नियकायहरुले करोना संक्रमण रोकथामका लागि १६ गते बेलुकादेखि निषेधाज्ञा जारी गरेपछि बुद्ध एयरले आजदेखि १६ गतेसम्मका लागि उडान संख्या थप गरेको छ।
निषेधाज्ञापछि हवाइ यात्रा पनि कठिन हुने भएकाले यात्रुहरुलाई सकेसम्म छिटो गन्तव्यसम्म पुग्न सहज होस भनेर उडान संख्या थपिएको बुद्ध एयरले जानकारी दिएको छ। उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुने एयरलायन्सको भनाई छ ।
बुध्द एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको छ । उडानका क्रममा तापक्रम चेकजाँज, फेशशिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्याण्ड सेनिटाइज गर्ने गरेको जनाएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया