हेटौँडा सहिद स्मारकमा टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन


बागमती । हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० रुपैयाँ सङ्कलन गरेको छ ।

स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले जानकारी दिए ।

घुम्न आउने विद्यार्थीका लागि ३० रुपैयाँ, सर्वसाधारणका लागि ५० रुपैयाँ, सार्क राष्ट्रका लागि १०० रुपैयाँ र अन्य पर्यटकका लागि १५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।