सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौँ । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार  ०८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।