एकैदिन झण्डै १० हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एकैदिन २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४८८.८६ अमेरिकी डलर र चाँदी ६७.०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।