काठमाडौँ । कुमारी बैंक लिमिटेडले बैकिङ्ग सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिवृद्धि तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग सहकार्य गरेको छ ।
यस सहकार्यको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य शृङ्खला साझेदारहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु हो ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् । यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवद्र्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको छ ।
दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकतामा राख्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साझेदारीबारे प्रतिक्रिया दिँदै कुमारी बैंकका दिगो बैंकिङ्ग प्रमुख श्री अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोतसँगै आवश्यक ब्याबसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्दै महत्वपुर्ण भूमिका खेल्ने बताए । उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पु¥याउदै व्यावसायिहरुको वित्तीय पहुँचलाई दिगो बनाउनेछ ।
कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृङ्खलासम्बन्धी अनुभवलाई एकीकृत गर्दै सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैंकको सेवा सञ्जालअन्तर्गत २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ्ग इकाइ तथा १,२३३ भन्दा बढी पीओएस टर्मिनलहरु रहेका छन् ।





प्रतिक्रिया