सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

0
Shares

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द गर्ने गरेको छ ।

विभागका प्रवक्ता एवं सूचना अधिकारी डा. लोकनाथ भुसालले विश्वभरी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण नेपालमा पनि तीव्र रुपमा विस्तार भैरहेकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघिको लकडाउनको समयमा पनि विभागले आवेदन बन्द गरेको गरेको थियो । कोभिड संक्रमणका कारण सवारी इजाजतका लागि परीक्षा समयमा हुन नसक्दा अनलाईनबाट आवेदन गरेकाले समेत चार पाँच महिना पालो पर्खनुपर्ने अवस्था रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार  १६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।