एलजी नेपालको कमर्शियल वाशिङ मेसिन सेमिनार सम्पन्न


काठमाडौँ । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजि इलेक्ट्रोनिक्सले भाद्र ५ मा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार सफलतापूर्वक आयोजना गरेको छ। उक्त सेमिनारमा नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसरहरूबारे जानकारी लिन तथा सम्भावनाहरूको खोजी गर्न आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो।

सेमिनारको उद्देश्य एलजी व्यावसायिक लन्ड्रीका समाधान बारे जानकारी प्रदान गर्नुका साथै उन्नत लन्ड्री प्रविधिले व्यवसायहरूको सञ्चालन दक्षता अभिवृद्धि गर्दै दिगो तथा लाभदायक व्यवसायिक वृद्धिका अवसरहरू कसरी सिर्जना गर्न सक्छ भन्ने विषयमा जानकारी गराउ रहेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कार्यक्रमको नेतृत्व एलजी कमर्शियल वाशिङ मेसिनका व्यवसाय प्रमुख, बसन्त पालले गरेका थिए भने कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख, एससी साबुको विशेष उपस्थिति रहेको थियो।

व्यवसायका लागि उन्नत कमर्शियल लन्ड्री समाधान

सहभागीहरूलाई एलजीका कमर्शियल वाशिङ मेसिन समाधानहरू, विशेषगरी एलजी गेन्ट र एलजी टीटन, बारे जानकारी प्रदान गरिएको थियो। यी उत्पादनहरू आतिथ्य, स्वास्थ्य तथा वेलनेस क्षेत्र, लन्ड्रोम्याट, अपार्टमेन्ट, डोर्मिटोरी तथा लन्ड्री लाउन्जजस्ता उच्च र नियमित लन्ड्री आवश्यक पर्ने व्यावसायिक वातावरणका लागि डिजाइन गरिएका छन्।

सेमिनारमा यी समाधानका प्रमुख विशेषता तथा फाइदाहरूमा उच्च टिकाउपन, शक्तिशाली धुलाई क्षमता, दक्ष सञ्चालन तथा स्मार्ट बिजनेस म्यानेजमेन्टबारे प्रकाश पारिएको थियो। यी विशेषताहरूले निरन्तर तथा उच्च मात्रामा लन्ड्री सञ्चालन गर्नुपर्ने व्यवसायहरूलाई भरपर्दो र प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

सेमिनारको मुख्य आकर्षणमध्ये एक कमर्शियल लन्ड्री क्षेत्रलाई बढ्दो व्यवसायिक अवसरका रूपमा प्रस्तुत गर्नु थियो। सहभागीहरूले आतिथ्य, स्वास्थ्य सेवा, आवासीय तथा अन्य व्यावसायिक क्षेत्रका लागि लन्ड्री सेवा स्थापना, स्तरोन्नति वा विस्तार गर्न एलजी व्यावसायिक लन्ड्री समाधानले कसरी सहयोग गर्न सक्छ भन्नेबारे विस्तृत जानकारी प्राप्त गरेका छन् ।

एलजीको विश्वव्यापी विशेषज्ञताबाट आधारित यी समाधानहरूले व्यवसायहरूलाई उन्नत प्रविधि, सम्पूर्ण लन्ड्री समाधान तथा विशेषज्ञ सहयोग प्रदान गर्दै सञ्चालन दक्षता सुधार गर्न र दीर्घकालीन व्यवसायिक वृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखेका छन्।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।