काठमाडौँ । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य उल्लेख्य बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुन तोलामा १५ हजार १०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला १५ हजार १०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार एकैदिन सुन तोलामा ३ हजार ८०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, सोमबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर अर्थात सोमबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको थियो ।
बुधबार भने सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने एकैदिन सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।
विश्वव्यापी भूराजनीतिक तनावका कारण विश्व बजारमा सुनको भाउ उकालो लाग्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै वृद्धि भएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा ३२५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने एकैदिन १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा १३० रुपैयाँले घढेर प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।





प्रतिक्रिया