काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आइतबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोला १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६०३.३ अमेरिकी डलर र चाँदी ६८.९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया