काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा मौद्रिक नीति ल्याउने मिति तोकिएको हो ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सोमबार नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति निश्चित गर्ने विषयमा सहमति जुटेको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने मिति निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन १ गतेलाई निश्चित गर्ने तयारी भएको जानकारी दिएका छन् ।
बैठकमा वित्तीय क्षेत्रसँग सम्बन्धित केही प्रस्तावमा आवश्यक परिमार्जनसहित सहमति जुटाइएको थियो। आर्थिक वर्षको सुरुवातसँगै मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्थाले वित्तीय नीतिमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया