चार दिनपछि सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । निरन्तर चार दिनदेखि बढेको सुनको भाउ मंगलबार सामान्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ६५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६२७.५४ अमेरिकी डलर र चाँदी ६७.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।