काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।





प्रतिक्रिया