विद्युतीय सवारीको प्रयोगले देशको धन देशमै राख्न सकिन्छ : उपराष्ट्रपति यादव


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्युतीय सवारीको प्रयोगले देशकै धन देशमै राख्न सकिने बताएका छन् ।

१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवल इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाई मुलुकको व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पु¥याउने र स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाएर देशकै धन देशमै राख्न सकिने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्ने बताए ।

“विद्युतीय सवारी साधनको व्यापक प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाई मुलुकको व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पु¥याउँछ,“ उपराष्ट्रपति यादवले भने ।

वातावरण संरक्षण र आर्थिक समृद्धिबिच सन्तुलन कायम गर्न हरित ऊर्जाको उत्पादन र अधिकतम उपयोग आजको अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । कार्बन उत्सर्जन शून्य वा न्यूनतम झारी सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका प्रतिकूल असरसँग लड्न विद्युतीय सवारी प्रविधि निर्णायक साबित हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।