काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा कायम भएको छ ।
मंगलबार ३५७ कम्पनीका १ करोड ८८ हजार १६४ कित्ता सेयरहरु ४६ हजार ५८९ पटकमा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
मंगलबार सर्वोतम पेन्टस् र क्रेष्ट मााइक्रोफाइन्यान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नडेप लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । यता, धौलागिरी लघुवित्तको सेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ । त्यस्तै, एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड ५.४३ प्रतिशतले र नबिल डेभेन्चर ५.०७ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रो शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स १७ करोड ७१ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोको १३ करोड ७६ लाख ५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।





प्रतिक्रिया