सुनको मूल्य सामान्य घट्दा चाँदीमा भने वृद्धि


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य घट्दा चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ७५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६४१.७४ अमेरिकी डलर र चाँदी ६९.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।