निर्जीवन बीमा कम्पनीले संकलन गरे २३ अर्ब बीमाशुल्क, चैत्रमा मात्रै दुई अर्ब

0
Shares


निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  चालु आवको ९ महिना अर्थात चैत्र महिनासम्ममा १९ निर्जीवन बीमा कम्पनीले २३ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिद्धारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक उल्लेख छैन् । गत आवको चैत्र मसान्तसम्ममा कम्पनीहरुले १९ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा २१.७३ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो ।

चालु आवको चैत्र महिनामा मात्रै १९ निर्जीवन बीमा कम्पनीले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क उठाउन सफल भएका छन् । यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क उठाउन सफल भएको छ ।

चैत्र महिनासम्ममा दुई अर्ब ९६ करोड रुपैेयाँ बीमाशुल्क संकलन गरेको शिखरले चैत्र महिनामा मात्रै २८ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ । गत आवको चैत्रमसान्तसम्ममा कम्पनीले दुई अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु, आइएमई जनरल, प्रुडेन्सियल र लुम्बिनी जनरल इन्स्योरेन्सले एक अर्ब भन्दा माथि बीमाशुल्क उठाउन सफल भएका छन् ।

अजोड नेपाल, हिमालयन जनरल, यूनाईटेड, ओरियन्टल, एभरेष्ट, नेशनल, जनरल र सानिमा जनरल इन्स्योरेन्सले अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

S.N Non Life Insurance Company Total Premium Collecation in arba
    2077 Chaitra Only 2077 Chaitra End
1 Shikhar Insurance  0.28 2.96
2 Sagarmatha Insurance  0.22 1.99
3 Neco Insurance 0.22 1.95
4 Siddhartha Insurance  0.18 1.75
5 NLG Insurance 0.23 1.69
6 Premier Insurance  0.13 1.39
7 Prabhu Insurance  0.15 1.15
8 IME General Insurance 0.14 1.14
9 Prudential Insurance  0.12 1.06
10 Lumbini General 0.10 1.01
11 Ajod Insurance  0.10 0.99
12 United Insurance Co. (Nepal)  0.09 0.83
13 Oriental Insurance  0.08 0.81
14 Himalayan General  0.19 0.91
15 Everest Insurance  0.11 0.78
16 National Insurance  0.12 0.67
17 General Insurance  0.05 0.52
18 Sanima General Insurance  0.07 0.46
19 Nepal Insurance  0.12 0.96
  Total  2.70 23.02

चैत्रमा मात्रै दुई अर्ब

चालु आवको चैत्र महिनामा १९ निर्जीवन बीमा कम्पनीले दुई अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

चैत्र महिनामा पनि सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स परेको छ । कम्पनीले यस अवधिमा २८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखर पछि सगरमाथा र नेको इन्स्योरेन्सले बराबरी २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।