समता शैक्षिक गुठीलाई सनराइज बैंकको ३ लाख सहयोग

0
Shares

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ ।

बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० मा गुणस्तरीय शिक्षा दिँदै गुठीलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकले गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजार रुपैयाँका दरले हुने गरी कुल ३ लाख रुपैयाँ सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

यस्तै दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने बताए ।

सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडीमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।