बाढीमा परेकाहरूको उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन


काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

बाढी पहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ । समाचार अनुसार सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।