काठमाडौँ । रसुवा बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ३२ वटा पुल पूर्ण रूपमा बगाइएका छन् । रसुवामा १३, नुवाकोटमा १४ र धादिङमा ५ वटा पुल बाढीले ध्वस्त पारेको छ ।
सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मितेरी पुल (रसुवागढी) टिमुरे पुल १ र २,भोटेकोशी पुल (चिलिमे) चिलिमे खोला पुल, भोटेकोशी र स्याफ्रुबेँसी क्षेत्रका बेलिब्रिजहरू, स्याफ्रुबेँसी पुल त्रिशूली र मैलुङ क्षेत्रका ५ वटा विभिन्न पुलहरू बाढीले ध्वस्त पारेको छ ।
यस्तै, नुवाकोट जिल्ला १४ पुल ध्वस्त भएका छन् । बेत्रावतीदेखि देवीघाटसम्मका बेत्रावती (पुरानो र नयाँ) पुल, त्रिशूली नदी पुल (तुप्चे), त्रिशूली बजारका दुईवटा पुलहरू (पुरानो र नयाँ), सिमचौर पुल, देवीघाटस्थित जालश्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल, देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल, ताँदी खोला पुल (दुईवटा), त्रिशूली नदी पुलहरू (श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार) ध्वस्त भएका छन् ।
यस्तै धादिङ जिल्ला ५ पुल ध्वस्त भएका छन् भने ३ क्षतिग्रस्त भएका छन् । धादिङ खण्डमा ५ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३ वटामा क्षति पुगेको छ ।
स्याल्टार सडक पुल, घाटबेँसी पुल, फुर्के खोला पुल (मलेखु) र कोल्पु खोलाका दुई पुलहरू ध्वस्त भएका छन् ।
मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुल क्षतिग्रस्त भएका छन् ।
धादिङ र चितवन खण्डका केही पुलहरू भने सुरक्षित रहेका छन्। गल्छी नजिकैको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुलहरू सुरक्षित छन् ।







प्रतिक्रिया