काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग एकद्वार प्रणाली मार्फत माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझ्न थालेका छन् ।
कुमारी बैंक लिमिटेडले भर्खरै आफ्नोतर्फबाट तीन करोड रुपैयाँ नगद अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले उक्त नगद हस्तान्तरण गरेका हुन् ।





प्रतिक्रिया