काठमाडौँ । बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवारले दुःख व्यक्त गरेको छ ।
दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
साथै, प्राकृतिक विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शिवशक्ति ग्रुप परिवार नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपको (राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवार) को तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराको तर्फबाट समेत १० लाख रुपैयाँ सहयोग गरेको छ ।





प्रतिक्रिया