बाढीकाे कहरः साढे तीन सयभन्दा बढी शव फेला


काठमाडाैँ । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या साढे तीन सय नाघेको छ।

नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म विभिन्न जिल्लामा गरि ३५९ जनाकाे शव फेला परेकाे छ।

बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरी, सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीले पुर्‍याएको क्षतिको थप विवरण संकलन गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।