जनकपुरधाम । प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेका हुन् । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।
उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका ८, पर्साका ५, सर्लाहीको ७, रौतहट र सप्तरीका २ जना सम्पर्कविहीन भएका छन् ।





प्रतिक्रिया