बाढी आएसँगै सडक सञ्जाल टुटेको रसुवा पुनः जोडियो


काठमाडौँ । भोटेकोसी नदीमा भीषण बाढी आएसँगै सडक सञ्जाल टुटेको रसुवा पुनः सडक सञ्जालमा जोडिएको छ ।

काठमाडौँ–टोखा–छहरे–गड्खार, पुल–आप्र–नर्जा–लच्याङ–सरमथली –पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डमा ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो ।

यो सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।