भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार ६० मेगावाटको अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा हराएका ११ कर्मचारी सम्पर्कमा आएका हुन् ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रवीन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी सम्पर्कमा आएका जानकारी दिए । उनका अनुसार प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।