काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो ।
आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४५३.७ अमेरिकी डलर र चाँदी ६६.३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया