तिब्बततर्फ थुनिएको ताल पूर्ण रूपमा फुट्ने जोखिम न्यून


काठमाडौँ । तिब्बततर्फ थुनिएको ताल भरिएपछि पानी बाहिर बग्न थालेको छ । नेपाल–चीन सीमानजिकै पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल बग्न थालेको हो ।

चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीहरूले भने, “कृत्रिम ताल भरिएर पानीको निकास सुरु भइसकेको छ । हालको समग्र स्थिति स्थिर छ र ताल पूर्ण रूपमा भत्किने जोखिम तुलनात्मक रूपमा निकै कम छ ।”

यद्यपि, थुनिएको तालबाट पानी क्रमशः बाहिर बग्न थालेकाले तल्लो तटीय क्षेत्रमा थप ठूलो बाढी आउन सक्ने जोखिम केही हदसम्म कम भएको चिनियाँ अधिकारीहरूको भनाइ छ । नेपालतर्फ भोटेकोसी तथा त्रिशूली नदी किनारका क्षेत्रमा भने अझै सतर्कता आवश्यक रहेको बताइएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।