पछिल्लो २४ घण्टामा ५७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

0
Shares

कोरोना भाइरस संक्रमण कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

कोभिड संक्रमणबाट कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मात्रै ९२८ जनाले कोभिड संक्रमणलाई पराजित गरेका छन् । हालसम्म संक्रमणलाई पराजित गरी निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

  • उपत्यकामा थप २ हजार ९५६ जनामा संक्रमण

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २४ घण्टा २९५६ संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमध्ये उपत्यकाको दर सबैभन्दा उच्च रहेको छ । उपत्यकामा शुक्रबार मात्रै पुष्टि भएको कुल संक्रमितको ५१.६१ प्रतिशत संक्रमण रहेको पाइएको छ । यसले उपत्यकामा उच्च जोखिम रहेको देखाउँछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका १३३ जना र ललितपुरका ४१९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जना, सुर्खेतमा ९७, कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका ज्लिला १२ र दुई सय भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ बैशाख २०७८, शुक्रबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।