प्रतितोला २४ सयले घट्यो सनुको भाउ


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । जुन आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४२३.०१ अमेरिकी डलर र चाँदी ६६.४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।