काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाडौँबाट सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा राहत सङ्कलन, व्यवस्थापन तथा वितरणलाई तीव्रता दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीको पहिचानदेखि त्यसको व्यवस्थापन र वितरणसम्मको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ ।
प्राधिकरणका अनुसार ‘सेतु र्यापिड’ प्रणालीमार्फत कुन स्थानमा कस्तो राहत सामग्री आवश्यक छ, कति परिमाणमा आवश्यक छ र उपलब्ध सामग्री कसरी सम्बन्धित स्थानमा पु¥याउने भन्नेबारे जानकारी सङ्कलन तथा समन्वय भइरहेको छ । यसबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत सामग्री व्यवस्थापन गर्न सहज भएको छ ।
यही भदौ १० गते गएको बाढीले रसुवा, नुवाकोट र धादिङको त्रिशूली नदी किनारका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएपछि तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन काठमाडौँमा पाँच स्थानमा सङ्कलन केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, स्वास्थ्य सेवा विभाग टेकु, शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, मानवीय सहायता गोदामघर त्रिभुवन विमानस्थल र नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीमा राहत सामग्री सङ्कलन भइरहेको छ ।
काठमाडौँ उपत्यकामा सङ्कलन भएका राहत सामग्री नुवाकोटको विदुरस्थित जिल्ला समन्वय समिति हल, विदुर नगरपालिका कार्यालय, श्री नम्बर १ सैन्य तालिम केन्द्र मैथली तथा जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ । यी केन्द्रमा सङ्कलन तथा भण्डारण भएका सामग्री सम्बन्धित जिल्लाका अस्थायी शिविर तथा प्रभावित बस्तीमा पु¥याएर वितरण भइरहेको छ ।
रसुवा र नुवाकोटमा राहत वितरणका लागि विभिन्न अस्थायी शिविर तथा होल्डिङ सेन्टर तोकिएका छन् । रसुवातर्फ धुन्चेको सिटी हल, मेलुङ जलविद्युत् क्षेत्र, स्याफ्रुबेँसीको स्याफ्रु विद्यालय, राम्चेको राम्चे विद्यालय, डाँडागाउँ, खैदी गाउँ, रोङ्गा, नीलकण्ठ माध्यमिक विद्यालय बोगटिटार, हिमालयन क्याम्पस कालिकास्थान र खाम्जिङमा राहत वितरण तथा प्रभावितको व्यवस्थापन भइरहेको छ ।
त्यस्तै नुवाकोटमा त्रिभुवन माध्यमिक विद्यालय, कार्की मनकामना आधारभूत विद्यालय कार्कीगाउँ, टुप्चेटार स्वास्थ्य चौकी तथा पुस्तकालय, सुलक्षण माध्यमिक विद्यालय, सुन्दरी क्यौरिनी माध्यमिक विद्यालय, इन्द्रायणी आधारभूत विद्यालय विदुर–१, त्रिशूली आधारभूत विद्यालय, विदुरको कभर्ड हल, स्वास्थ्य चौकी विदुर–२ तथा नुवाकोट दरबार, कोलनी कभर्ड हल तथा भैरुम माध्यमिक विद्यालय, क्रियापुत्री भवन, तामाङ प्लाजा बट्टार, चन्द्रज्योति माध्यमिक विद्यालय, आयुर्वेद वैकल्पिक चिकित्सालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालय र बेलकोटगढी नगरपालिकाको महादेव माध्यमिक विद्यालयलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ ।
प्रभावित क्षेत्रमा पु¥याइएका राहत सामग्रीमा चामल, चाउचाउ, बिस्कुट, दाल, नुन, खाने तेल, चिनी, पिठो, मिनरल वाटर, जीवनजल, औषधि तथा स्वास्थ्य सामग्री रहेका छन् । त्यसैगरी कम्बल, म्याट्रेस, टेन्ट, त्रिपाल, प्लास्टिक सिट, कपडा, बालबालिकाका कपडा, जुत्ता–चप्पल, साबुन, ब्रस, टूथपेस्ट, बाल्टिन, पानी बोक्ने ड्रम, सौर्य तथा आपत्कालीन बत्तीसमेत उपलब्ध गराइएको छ । त्यस्तै, प्रभावित क्षेत्रका आवश्यकताअनुसार डिजेल, पेट्रोल, काठदाउरा, कोदालो, कुटो, बञ्चरो, डोरी, पञ्जा, मास्क, सेनेटरी प्याड, बालबालिकाको हेरचाहका सामग्री, पशु आहारलगायतका सामग्रीसमेत पठाइएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न सङ्घसंस्था, कम्पनी, क्लब, नागरिक समूह तथा व्यक्तिले सङ्कलन गर्ने राहत सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ । सङ्कलित सामग्री सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौँस्थित सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा निर्देशनमा प्रभावितसम्म पु¥याइने व्यवस्था गरिएको छ ।
सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरी प्रभावितको तत्कालीन आवश्यकता सम्बोधनसँगै राहत सामग्रीको दोहोरोपन रोक्ने, आवश्यकताका आधारमा सामग्री परिचालन गर्ने र दुर्गम तथा बढी प्रभावित क्षेत्रमा प्राथमिकताका साथ राहत पु¥याउने काम अघि बढाएको जनाएको छ ।
काठमाडौँ उपत्यकामा यी स्थानमा सङ्कलन भइरहेको छ राहत सामग्री
– जिल्ला प्रशासन कार्यालय, काठमाडौँ
– स्वास्थ्य सेवा विभाग, टेकु
– शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल
– मानवीय सहायता गोदामघर, त्रिभुवन विमानस्थल
– नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी
काठमाडौँ उपत्यकामा सङ्कलन भएको राहत सामग्री यी स्थानमा गइरहेको छ
– नुवाकोट विदुर जिल्ला समन्वय समिति हल
– विदुर नगरपालिकाको कार्यालय
– श्री नं १ सैन्य तालिम केन्द्र, मैथली, नुवाकोट
– जिल्ला प्रशासन कार्यालय, रसुवा
यी सङ्कलन केन्द्रमा त्यतैबाट पनि काठमाडौँका सङ्कलन केन्द्रबाट गएको सामान जम्मा भई निम्न स्थानमा वितरण भइरहेको छ ।
राहत सामग्री वितरण हुने रसुवा र नुवाकोटमा रहेका अस्थायी शिविर सूची
१. धुन्चे (सिटी हल केन्द्र) – होल्डिङ सेन्टर, गोसाइँकुण्ड गाउँपालिका
२. मेलुङ (जलविद्युत् क्षेत्र) – होल्डिङ सेन्टर, उत्तरगया गाउँपालिका
३. जिल्ला प्रशासन कार्यालय, रसुवा – सङ्कलन केन्द्र
४. स्याफ्रुबेँसी (स्याफ्रु विद्यालय) – होल्डिङ सेन्टर, गोसाइँकुण्ड गाउँपालिका
५. राम्चे (राम्चे विद्यालय) – होल्डिङ सेन्टर, कालिका गाउँपालिका
६. डाँडागाउँ (नजिकैको विद्यालय) – होल्डिङ सेन्टर, उत्तरगया गाउँपालिका
७. खैदी गाउँ – होल्डिङ सेन्टर, गोसाइँकुण्ड गाउँपालिका
८. रोङ्गा – होल्डिङ सेन्टर, गोसाइँकुण्ड गाउँपालिका
९. नीलकण्ठ माध्यमिक विद्यालय, बोगटिटार – होल्डिङ सेन्टर, उत्तरगया गाउँपालिका
१०. हिमालयन क्याम्पस (कालिकास्थान) – होल्डिङ सेन्टर, कालिका गाउँपालिका
११. त्रिभुवन माध्यमिक विद्यालय – होल्डिङ सेन्टर, किस्पाङ गाउँपालिका
१२. कार्की मनकामना आधारभूत विद्यालय, कार्कीगाउँ – होल्डिङ सेन्टर, किस्पाङ गाउँपालिका
१३. खाम्जिङ – होल्डिङ सेन्टर, गोसाइँकुण्ड गाउँपालिका
१४. टुप्चेटार स्वास्थ्य चौकी तथा पुस्तकालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
१५. लक्षण माध्यमिक विद्यालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
१६. सुन्दरी क्यौरिनी माध्यमिक विद्यालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
१७. इन्दायणी आधारभूत विद्यालय, विदुर–१ – होल्डिङ सेन्टर, विदुर नगरपालिका
१८. त्रिशूली आधारभूत विद्यालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
१९. कभर्ड हल – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२०. स्वास्थ्य चौकी, विदुर–२, नुवाकोट दरबार – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२१. कोलनी कभर्ड हल÷भैरुम माध्यमिक विद्यालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२२. क्रियापुत्री भवन – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२३. तामाङ प्लाजा, विदुर–४, बट्टार – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२४. चन्द्रज्योति माध्यमिक विद्यालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२५. आयुर्वेद वैकल्पिक चिकित्सालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२६. रणभुवनेश्वरी माध्यमिक विद्यालय÷वडा कार्यालय – होल्डिङ सेन्टर, विदुर नगरपालिका
२७. महादेव माध्यमिक विद्यालय – होल्डिङ सेन्टर, बेलकोटगढी नगरपालिका





प्रतिक्रिया