काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४२९.३९ अमेरिकी डलर र चाँदी ६६.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया