सानिमा जनरलको खुद नाफा दोब्बर, १४ करोड बीमाशुल्क संकलन

0
Shares

सानिमा जनरल इन्स्योरेन्स (SGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले १००.९५ प्रतिशतले नाफा बढाएको हो । 

चैत्र मसान्तसम्ममा कम्पनीले १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यो ४६.८९ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा कम्पनीले ९ करोड ४२ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन वापत ८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ४ करोड ८३ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन वपात ८८ लाख ५२ हजार रुपैयाँ खर्चेको छ ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ७.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११७.०६ रुपैयाँ कायम छ । यस्तै, कम्पनीको जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ, बीमा कोषमा ८ करोड ५७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८६ लाख ४६ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले ५७ हजार ८२४ वटा बीमालेख जारी ४६ करोड ४६ ला २८ हजार रुपैयाँ कुल बीमाशुल् संकलन गरेको छ । यस अवधिमा कम्पनीले एक हजार ७०३ वटा दाबीवापत ३ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।